काठमाडौं। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न पाँच खेल विधामा प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिताको आजको खेल तालिकाअनुसार सुर्खेतमा पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबलका खेल सञ्चालन हुनेछन्। यस्तै, बाँकेको नेपालगन्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता आयोजना गरिनेछ।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुदका केही विधाका प्रतिस्पर्धा औपचारिक उद्घाटनअघि नै सुरु भइसकेका छन्।