काठमाडौं — कर्णाली प्रदेशमा जारी दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को पहिलो दिनको पदक तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार बागमती प्रदेश ४ स्वर्ण, २ रजत र ३ कांस्यसहित कुल ९ पदक जित्दै पहिलो दिन शीर्ष स्थानमा रहेको छ।
त्यसैगरी एनआरएनए (NRNA) ३ स्वर्ण र १ कांस्यसहित कुल ४ पदक जितेर दोस्रो स्थानमा उक्लिएको छ। नेपाल आर्मी क्लब २ स्वर्ण, ५ रजत र १ कांस्यसहित कुल ८ पदकका साथ तेस्रो स्थानमा छ।
चौथो स्थानमा रहेको नेपाल पुलिस क्लबले १ स्वर्ण, २ रजत र ६ कांस्य गरी कुल ९ पदक हात पारेको छ भने कोशी प्रदेशले १ स्वर्णसहित १ पदक जितेर पाँचौं स्थानमा रहेको छ। सुदूरपश्चिम प्रदेशले २ रजत पदक जित्दै छैटौं स्थानमा नाम लेखाएको छ।
पहिलो दिनको समाप्तिसम्म एपीएफ क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशले भने पदकको खाता खोल्न सकेका छैनन्।
