काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन २ लाख ७८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
दशैंपछि भने सुनको मूल्य तोलामा ८ हजार ७ सय रुपैयाँ सस्तो हो । दशैंअघि गत सोमबार सुनको मूल्य २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ९९५ रुपैयाँ कायम भएको छ ।