काठमाडौँ । भारत ‘ए’ का युवा ब्याटर वैभव सूर्यवंशीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा कीर्तिमान बनाएका छन्। उनले प्रतियोगितामा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
मंगलबार समूह ‘बी’ अन्तर्गत यूएईविरुद्धको खेलमा वैभवले मात्र २८ बलमा शतक पूरा गरेका हुन्। उनको विस्फोटक शतकीय इनिङ्समा १४ छक्का र ४ चौका समावेश थिए।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा यूएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा वैभवले आक्रामक ब्याटिङ गरेका हुन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो। यूएईका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हरप्रित सिंहले उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले १४४ बलमा १२ चौका र ४ छक्काको मद्दतले १३० रन बनाए।