काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मङ्गलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा कायम भएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।
यस्तै, दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ चार पैसा र बिक्रीदर ११ रुपैयाँ नौ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४ रुपैयाँ ४९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७० पैसा र बिक्रीदर २१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८१ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९५ रुपैयाँ पाँच पैसा तथा ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछन् । अद्यावधिक विनिमयदर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।