काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको सत्र सुरु भएको छ।
ललितपुरस्थित एक होटलमा जारी बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले समूहगत छलफल गरिरहेका छन्। आजदेखि सदस्यहरूले प्रतिवेदनमाथि आफ्नो धारणा राख्न थालेका छन्।
प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिइएको छ। सदस्यहरूले अध्यक्षको प्रतिवेदनसँगै मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि धारणा राख्नेछन्।
बैठक बुधबारसम्म चल्ने बताइएको छ।