काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अपराह्न संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् ।
प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनका क्रममा उनले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षति र जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदाय तथा संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ ।
महासभामा सहभागी हुन यसअघि नै परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल असोज ४ गते न्युयोर्क पुगिसकेको छ ।