दाङ ।रोल्पामा खोला तर्ने क्रममा बगिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार सुनछहरी गाउँपालिका–१ फुलिबन नजिक रहेको बाच्छे खोलाले बुधबार खोला तर्दै गरेका दुई जनालाई बगाएको हो।
सामाजिक सुरक्षा (वृद्ध) भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङबाट घर फर्किरहेका सुनछहरी गाउँपालिका–१ घुसबाङका ७३ वर्षीय मसान घर्तीमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा जोखै घर्ती मगर घाइते भएका छन्। स्थानीयवासी र प्रहरीले उनको उद्धार गरी थप उपचारका लागि सुलिचौर पठाएको प्रहरीले जानकारी दिएको छ।