काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बेलुकी ५ बजे बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।
परिषद्का एक सदस्यका अनुसार प्रधानमन्त्री बालेन शाहले बैठक आह्वान गरेका हुन्। बैठकमा विभिन्न संवैधानिक निकायमा रहेका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहने जानकारी सदस्यहरूलाई गराइएको ती सदस्यले बताए ।
लामो समयदेखि संवैधानिक निकायका केही पद रिक्त रहँदा ती निकायको कार्यसम्पादनमा प्रभाव परेको भन्दै नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याइँदै आएको छ। यही सन्दर्भमा परिषद्को बैठकले आवश्यक निर्णय लिन सक्ने जनाइएको छ ।