काठमाडौं -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि प्रत्यक्ष कार्यकारी निर्वाचित उपयुक्त नहुने बताएकी छन् । मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
संविधान संशोधनको विषय उठान गर्दै उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ ।’