काठमाडौं, १२ असोज । गृह मन्त्रालयले विपद्को समयमा मौसम प्रतिकुल भएका कारण समयमा हेलिकप्टरबाट उद्दार गर्न नसकिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आज साँझ एक विज्ञप्ती जारी गर्दै शुक्रवारदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण हालसम्म ६६ जनाको मृत्यु, ६९ जना बेपत्ता र ६० जना घाइते भएको बताएका छन् ।
आज दिउँसो गृहमन्त्रीको उपस्थितमा विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको बैठक बस्दै विपद्का घटनाबाट भएको क्षतिको समिक्षा गर्दै खोज तथा उद्धारमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
सरकारले घाईतेहरूको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने भएको छ ।