
पुतलीबजार । स्याङ्जामा एक बालिकामाथि पटकपटक करणी भएको घटना बाहिरिएको छ ।
जिल्लाको पुतलीबजार नगरपालिका-१३ बस्ने ५५ वर्षका रामेश्वर नेपालीले ती बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको हो ।
प्रहरीमा लिखित जाहेरी परेपछि अनुसन्धानको लागि नेपालीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले बताए ।
उनीमाथि जवर्जस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरी अदालतबाट आइबार म्याद थप गर्दै अनुसन्धान जारी रहेको प्रवक्ता खनालले बताए ।
प्रहरीले अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालयमार्फत अदालतमा करणी सम्वन्धी कसुरमा मुद्दा अगाडि बढाउँछ ।
नेपालको कानुले १८ वर्ष भन्दा कम उमेरका किशोरी/बालिकासँग सहमतिमै शारिरिक सम्वन्ध राखेतापनि उक्त सम्बन्धलाई जबरजस्ती करणी ठहर गर्दै पीडितको उमेर र परिस्थिति हेरेर कैद सजाय, जरिवाना तोकेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ३ (ख) का अनुसार दश देखि १४ वर्ष उमेरका बालिकामाथि जबरजस्ती करणी गर्नेलाई अठार देखि बीस वर्षसम्म कैद र सात लाख रुपैयाँ जरिवाना तोकेको छ ।