
पोखरा । स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्ने २२ वटा मोटरसाइकललाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएका प्रहरी टोलीले पोखरा महानगरपालिका विभिन्न स्थानबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
मोटरसाईकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्दै हिँड्नेहरूलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार वि.क. ले बताए ।
नियन्त्रणमा लिइएका मोटरसाइकलमा सबैभन्दा धेरै बुलेट बाइक रहेका छन् ।
बाइकमा परिवर्तन गरिएका स्वरुप हटाएर अभिभावकको जिम्मेबारीमा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई जिम्मा लगाइएको छ ।
ध्वनी प्रदुषण गराउने यस प्रकारका मोटरसाइकलहरू नियन्त्रणमा लिने अभियान निरन्तर चलिरहने डिएसपी वि.क. ले बताए ।