
पोखरा । सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रहरीले यात्रुको साथबाट दश किलो ८८९ ग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
हिजो वडा प्रहरी कार्यालय गगनगौडा र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा केनाईन शाखाबाट कुकुर सहितको टोलीले मझुवामा सवारीसाधन चेक गरेको थियो ।
चेकजाँचको क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार धादिङ गजुरी गाउँपालिका-३ क्वालसिङ बस्ने वर्ष २२ को रविन्द्र थिङ तामाङले भिरेको झोलामा लागू औषध गाँजा १० किलो ८८९ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार वि.क. का अनुसार गाँजा सहित पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।