
दमौली । चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका -१ बरादीबस्ने प्रेमराज गौलीको छोरी ६ वर्षीया प्रनिशा गौलीलाई हिजो बेलुका चितुवाले आक्रमण गरेको हो ।
घरको आगनमा खेलिरहेकी बालिकालाई जंगली जनावर (चितुवा) ले आक्रमण गरेर घरभन्दा अन्दाजी १० मिटर लगेको अवस्थामा प्रेमराजले थाहा पाएर उद्दार गरेका हुन् ।
घाइते बालिकाको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सत्रसय तनहुँमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोफहन बहादुर खाँणले जानकारी दिए ।