
पोखरा । पोखरा महानगर-२५ फुर्केटारी चोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा एकजनाको निधन भएको छ ।
बिहीबा (हिजो) बेलुका ग १६ प २९१ र बागमती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटरसाइकल एक आपसपमा ठक्कर खाएर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा घाइते ग१६प २९१ नम्बरको चालक गोरखा पालुङटार घर भएका सुक्र राज श्रेष्ठको उपचारको क्रममा निधन भएको हो ।
घाइते श्रेष्ठलाई उपचारको लागी मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले बेलुका ८:१० बजे मृत घोषित गरेका हुन् ।
अर्को मोटरसाइकलका चालक र यात्रुको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार जारी छ ।
घटनास्थलमा अस्थाई प्रहरी पोष्ट हेम्जाबाट खटिएको प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडि बढाएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार वि.क. ले जानकारी दिए ।