काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे–गेममा पोखराले टस जित्दै ब्याटिङ रोजेको हो ।
आजको खेलका लागि विराटनगरले टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रञ्जानेको स्थानमा इसुरु उडाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसीलाई पहिलो रोजाइमा समेटिएको छ ।
यस्तै, पोखराले पनि टोलीमा दुई परिवर्तन गरेको छ । विवेक रानामगरको स्थानमा सागर ढकाल र महेदी हसनको स्थानमा रमेश मेन्डिसलाई मौका दिइएको छ ।
आजको खेलबाट विराटनगरका इसुरु उडाना र पोखराका रमेश मेन्डिसले एनपीएलमा डेब्यु गर्दैछन् ।