काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा देशको समसामयिक राजनीतिक अवस्था र पार्टीका साङ्गठनिक विषयमा छलफल हुने भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्नेछ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आगामी रणनीति तय गर्ने विषयमा छलफल हुनेछ। साथै, पार्टीको साङ्गठनिक संरचना थप सुदृढ बनाउनेलगायत विषयले पनि बैठकमा प्राथमिकता पाउने जनाइएको छ।