काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठक बिहान ११ बजे सुरु हुने दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए।
बैठकमा विपद् व्यवस्थापनमा पार्टीको भूमिका, राहत तथा उद्धारमा समन्वय र आगामी कार्ययोजनालगायत विषयमा छलफल हुने जनाइएको छ।