काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले जीवनकै सबैभन्दा बढी निन्दा खेपेको बताएका छन्।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा थापाले जन्मेदेखि अहिलेसम्म आफूले भोगेको निन्दामध्ये सबैभन्दा बढी पछिल्ला तीन दिनमा भएको बताए। कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आफ्नो आलोचना भएको सन्दर्भमा उनले यस्तो बताएका हुन्।
‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ, मेरो,’ थापाले भने।
पछिल्ला तीन दिनमा सञ्चारमाध्यमका हेडलाइनसमेत आफ्नो निन्दाले भरिएको उनले बताए।