काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट उक्त प्रतिवेदन सभासमक्ष पेश गरेकी हुन्।
यसैगरी, महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि सोही बैठकमा पेश गरिएको छ। उक्त प्रतिवेदन पनि मन्त्री गौतमले प्रधानमन्त्रीको तर्फबाट नै सभामा पेश गरिन्।
संविधानको व्यवस्थाअनुसार संवैधानिक निकाय तथा पदाधिकारीका वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने प्रावधान रहेको छ।