काठमाडौँ – संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको सुनुवाई प्रक्रिया सुरु गरेको छ । बिहीवार बसेको समितिको बैठकले नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरूको सम्बन्धमा सुनुवाई प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको छ ।
समितिले प्रस्तावित तीनै जनाविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ । समिति सभापति बोधनारायण श्रेष्ठले साउन ४ गतेसम्म उजुरी दर्ता गर्न सकिने जानकारी दिए ।