२०७७ साल अधिक आश्विन शुक्लपक्ष असोज २ गते शुक्रवार प्रतिपदा तिथि हस्ता नक्षत्र चन्द्रमा कन्या राशिमा
मेष राशि .
भाग्यमानी समय रहेकाले पुराना काम पूरा हुने र नयाँ काम पाइनेछ । वाणीको प्रभावले महत्वपूर्ण कार्य बन्नेछ । शिक्षामा राम्रै नतिजा आउनेछ । नोकरीबाट आशातीत सफलता पाइनेछ । राजनैतिक क्षेत्रमा आलोचना हुनेछ । पारिवारिक जीवन सुखपूर्वक बित्नेछ ।
बृष राशि
सोचे अनुरुप कामहरु बन्नेछन् । स्वास्थ्यमा उत्तारचढाव हुन सक्छ । नियमित आम्दानी यथावत नै रहनेछ । बौद्धिक स्तरको भने वृद्धि हुनेछ । शिक्षा क्षेत्रमा राम्रो छ । नोकरीमा ख्याति प्राप्त हुने गरी काम हुनेछ । यात्रा अनुकल रहनेछ । प्रेम प्रसंग मौलाउने समय छ ।
मिथुन राशि
आज गलत सोच राख्ने व्यक्तिबाट टाढा रहनु होला। परिवारको स्वास्थ्य गडबड रहने देखिन्छ । मनमा दुविधा बढ्न सक्छ । धर्मकर्ममा रुचि रहला । विदेश यात्राको अवसर मिल्न सक्छ । तपाईंलाई प्रयोग गरेर अरुले लाभ उठाउन सक्छन् । प्रेम सम्वन्ध सुखद रहने छ ।
कर्कट राशि
निरन्तरको धैर्यताले प्रेममा सफलता प्राप्त हुनेछ । नोकरीमा सन्तोषजनक समय छ । काममा सहयोग पनि पाइनेछ । अध्ययन अध्यापन अनुकुल रहनेछ । साझेदारी काममा फाइदा मिल्ने देखिन्छ । प्रिय मित्रका साथ यात्रा हुनेछ ।
सिंह राशि
आर्थिक कारोबारमा आज सावधान रहनु होला । स्थान परिवर्तनको सम्भावना देखिन्छ । आफन्तसँग भेटघाट हुनेछ । रमाइलो यात्रा हुनेछ । सोचेका काममा सफलता मिल्ने छ । आकास्मिक धन लाभ हुनेछ । पारिवारिक सहयोग रहनेछ । अध्ययनको निरन्तरताले शिक्षामा प्रगती हुने देखिन्छ ।
कन्या राशि
निरन्तरको प्रयासबाट मात्र काममा सफलता मिल्ने छ । आर्थिक सङ्कटको सामना गर्नु पर्ला । आफन्तहरु टाढिन सक्छन् । प्रेम प्रसङ्गमा भने सफलता मिल्ने देखिन्छ । पढाइमा मन जानेछ । साथीहरुको कुराले नयाँ काममा हात हालौं जस्तो लाग्नेछ । मान सम्मान पाइने छ ।
तुला राशि
आकास्मिक धन लाभ पनि हुन सक्छ । प्रियमित्रसँग भ्रमण हुने र सुखको अनुभूति हुनेछ । पराक्रमले गतिलिने छ । नोकरी एवं व्यवसायबाट सन्तोष मिल्नेछ । आम्दानीका स्रोतहरु थपिनेछन् । व्यवसाय सञ्चालनको योग देखिन्छ । साझेदारी कामबाट मनग्य लाभ हुनेछ ।
बृश्चिक राशि
पारिवारिक सुखले मनमा शान्ति मिल्नेछ । शिक्षा क्षेत्रमा प्रगति हुनेछ । उच्च ओहदाका व्यक्तिसँग सम्बन्ध बढ्नेछ । प्रयास गरे प्रेममा सफलता प्राप्त हुनेछ । आफन्तको सहयोग रहने छ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ । अध्ययनमा मन जानेछ ।
धनु राशि
आरामदायी यात्रा हुनेछ । दैनिक आम्दानीमा वृद्धि हुनेछ । नोकरीबाट उचित कार्यको कदर हुनेछ । परिवारमा मनमुटाव हुन सक्छ । साझेदारी काममा राम्रो उपलब्धि हुनेछ । अचल सम्पत्तिको किनबेचको कुरा हुने सम्भावना छ । स्वास्थ्यमा सामान्य गडबडी हुन सक्छ ।
मकर राशि
समाजमा प्रभुत्व कायम रहने छ । राजनैतिक गतिविधि बढ्नेछ । अनावश्यक हुने खर्चले मन चिन्तित रहला । वैदेशिक रोजगारीबाट सन्तोष मिल्नेछ । रोकिएका काम बन्नेछन् । ब्यवसायमा क्रमिक सुधार हुनेछ । आम्दनीका नयाँ बाटा खुल्नेछन् । नोकरीमा सम्मानका साथ सुविधा थपिने छ ।
कुम्भ राशि
सोचे भन्दा बढी काम बन्नेछ । विरोधीहरु पनि सक्रिय रहनेछन् । गोपनीय रहनु उचित हुने छ । व्यवसाय राम्रो रहनेछ । दाम्पत्य जीवन सुखद् रहनेछ । बोलीको प्रभावले नयाँ व्यक्ति पनि प्रभावित हुनेछ । मायालुको विश्वास जित्न सक्नुहुने छ । नेतृत्वको अवसर आउनेछ ।
मीन राशि
प्रतिस्पर्धी काममा सफल भइनेछ । आलश्यता बढ्ने देखिन्छ । मनोरञ्जन लगायत अन्य क्षेत्रमा सोचेभन्दा बढी खर्च हुनेछ । मान सम्मानमा बढ्ने छ । नयाँ ठाउँको यात्रा हुने योग छ । मायालुको सहयोगले अधुरा काम बन्ने छन् । आम्दानीमा वृद्धि हुनेछ । घरायसी सुख प्राप्त हुनेछ । कडा परिश्रम भए पनि काम बन्नाले रमाइलो महशुस हुनेछ ।
यो राशिफल ज्योतिष जीवन पौडेलले तयार गर्नुभएको हो ।