काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा कायम गरिएको छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ११ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा रहेको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको छ।
नेपाल राष्ट्र बैङ्कले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमय दरमा भने केही फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण केन्द्रीय बैङ्कको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।