काठमाडौं । भारतीय दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
गोवाको डोना पाउलास्थित आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरेका थिए।
भारतीय समाचार संस्था एएनआईका अनुसार पाटेकरलाई हृदयाघात भएको थियो। अस्पतालमा चिकित्सकहरूले करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरे पनि उपचारमा कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालका ओन्कोलोजी विभाग प्रमुख डा. शेखर सालकरले बताएका छन्।
हिन्दी तथा मराठी चलचित्रमा लामो समयदेखि सक्रिय पाटेकरले ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायत चर्चित चलचित्रमा अभिनय गरेका थिए। अभिनयमार्फत उनले भारतीय चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका थिए।