काठमाडौँ । गुल्मीमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार मालिका गाउँपालिका-२ दर्लिगका चट्याङ लागेर ३ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार, ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको छ । घाइतेमध्ये एक जना बेहोस रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी पौंदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । घाइतेको प्राथमिक उपचार लुम्बिनी वामी हस्पिटल वामीटक्सारमा गरिएको थियो ।
साथै चट्याङले नै त्यही ठाउँमा ३ वटा बाख्रा मरेका छन् ।