काठमाडौँ- नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबार नेप्से ०.०४ अंकले घटेर २६६२. ०९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२९ कम्पनिका २ करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ मा कारोबार भएको थियो । आज बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानीर निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज रिडी पावरको शेयर सबैभन्दा बढी ९.६७ प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रोको ८०६८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सुपर माइ हाइड्रोको सबैभन्दा बढी ६.३९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ६५ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ६२ करोड १३ लाख बराबरको कारोबार भएको छ ।