काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्सेका) अनुसार नेप्से परिसूचक २ दशमलव ३१ अङ्कले बढेर २ हजार ५७४ दशमलव ६५ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ८१ अङ्कले बढेर ४६२ दशमलव ०४ विन्दुमा पुगेको छ।
त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव २२ अङ्कले बढेर १७७ दशमलव ६८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव २९ अङ्कले बढेर १५५ दशमलव ६५ विन्दुमा कायम भएको छ।
आज विभिन्न कम्पनीका १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँमा कारोबार भएका छन्।
कारोबार भएका १३ उपसमूहमध्ये ८ उपसमूहको सूचक बढ्दा ५ उपसमूहको सूचक घटेको छ। कुल २७८ कम्पनीमध्ये १४० कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ। ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावर, स्नो रिभर र लक्ष्मी भ्यालू फन्डका लगानीकर्ताले बढी कमाएका छन्। यस्तै, आरबिबी म्युचुअल फन्ड, घलेम्दी हाइड्रोपावर र मैबुलुङ इनर्जीका लगानीकर्ताले बढी गुमाएका छन्।