काठमाडौं– साताको कारोबारको अन्तिम दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ४ दशमलव ८२ अंकले घटेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ४ दशमलव ८२ अंकले घटेर २ हजार ५९८ दशमलव ८९ अंकमा झरेको छ। यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०२ अंकले घटेर ४६४ दशमलव ६३ अंकमा कायम भएको छ।
फ्लोट परिसूचक पनि शून्य दशमलव ४३ अंकले घटेर १७९ दशमलव ०२ अंकमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ६५ अंकले घटेर १५६ दशमलव ७८ अंकमा कायम भएको छ।
आज १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा रहेका १३ उपसमूहमध्ये ३ उपसमूहको सूचक बढेको छ भने १० उपसमूहको सूचक घटेको छ।
आज कुल २७९ कम्पनीको सेयर कारोबार भएकामा १०९ कम्पनीको मूल्य बढेको, १५७ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
बढ्ने कम्पनीतर्फ सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। यस्तै, सानिमा ग्रोथ फन्ड, चिर्खवा हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सलगायत कम्पनीका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।