जुम्लामा नेपाल टेलिकमले दिने सेवामा लगातार समस्या आइरहेको छ ।
जुम्लाको खलंङ्गामा नेपाल टेलिकमको कहिले मोबाईलमा नेटवर्क त कहिले एडीएसएल सेवा पटक पठक अवरुद्ध हुँदा सेवाग्राहीले ठुलो सास्ती व्यहोर्नु परेको छ ।
यस अगाडी झण्डै ४ दिन जति मोबाईलमा नेटवर्क नआएर हैरान भएका जनताहरु अहिले भने नेटवर्क देखाएपनि काम नगरेका र एडिएसएल सेवाले काम नगरेका कारण थप समस्यामा परेका छन् ।
गत शुक्रबार देखि अबरुद्ध भएको नेपाल टेलिकमको एडिएसएल सेवा सुचारु नहुँदा अनलाइनबाट हुने कामहरु रोकिएका छन् ।
कोरोना भाईरस (कोभिड -१९) को महामारीका कारण विद्यालयहरु बन्द हुँदा विद्यार्थिहरुले घरमै बसेर अनलाइन शिक्षा लिने भएकाले इन्टरनेट सेवा नहुदा ठुलो संकट भएको छ । यसरी अति आवश्यक इन्टरनेट सेवा प्रति नेपाल टेलिकमले पटक पटक गैर जिम्मेवार भै बस्नु राम्रो नभएको जानकारहरु बताउँछन् ।
नेपाल टेलिकमको एडिएसएल सेवा अबरुद्ध हुँदा पनि कुन ठाउँमा के भएको छ र मर्मतको लागि कति समय लाग्ने भन्ने बारेमा स्थानिय सञ्चार माध्यामहरुवाट जनताहरुलाई जानकारी समेत नगराउँदा एडिएसएल प्रयोगकर्ताहरु अन्यौलमा पर्ने गरेका छन् । .
जुम्लामा रहेका केटीएम दैनिकका स्तम्भ लेखक बाल गोपाल देवकोटाको सहयोगमा ।