काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ ।
कार्कीले बिहीबार आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध रिट निवेदन पेस गरेका थिए । रिट दर्ता भए पनि अहिलेसम्म सुनुवाइका लागि पेसी तोकिएको छैन ।
आफूलाई सुनुवाइको अवसरसमेत नदिई कुनै आधार र कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको कार्कीको दाबी छ ।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको थियो ।
उक्त निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।