काठमाडौँ । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.६९ अंकले घटेर २६३३.३१ विन्दुमा अडिएको छ।
प्रि-ओपन सेसनमा ४३ वटा स्क्रिप्सको २७ हजार ३९३ कित्ता सेयर २ करोड ७ लाख ५६ हजार २३० रुपैयाँमा खरिदबिक्री भएको छ । १४ वटा स्टक्सको मूल्य बढ्दा २४ वटा स्टक घटेको छ भने बाँकी ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।