राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध परेको बालिका बलात्कारको जाहेरीमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मंगलबार साँझ सन्दीप लामिछानेविरुद्ध किटानी जाहेरी परेको समाचार केटिएम दैनिकले ब्रेक गरेको थियो ।
नेपाल प्रहरीको उच्च स्रोतका अनुसार लामिछानेमाथि परेको जाहेरीको विभिन्न कोणबाट अनुसन्धान सुरु भएको छ । प्रहरीले जाहेरीमा उल्लेखित स्थानहरूमा पुगेर अनुसन्धान गर्ने बताइएको छ । ‘अनुसन्धान गर्दै जाँदा लामिछाने दोषी भएको केही प्रमाणहरू फेला परेमा तुरुन्त सन्दीपलाई इन्टरपोलको सहयोगमार्फत नेपाल झिकाइने छ ।’ नेपाल प्रहरीका एक अधिकारीले भने ।
उनले थपे, “बलात्कार जस्तो विषयमा नेपाल प्रहरी संवेदनशील छ । हामी सत्यतथ्य छानविन गरेर अगाडि बढ्नेछौं । अहिले उनी आरोपित मात्र हुन् अनुसन्धानपछि सत्य तथ्य पत्ता लाग्ने नै छ । कानुन सबैलाई बराबर छ। गलत गर्नेले सजायँ पाउनुपर्छ ।”
लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिजमा छन् । सिपिलको फाइनल अक्टुबर १, २०२२ अर्थात आउँदो असोज १५ मा हुनेछ । सन्दीप आवद्ध टीम सेमिफाइनल वा क्वाटरफाइनलमा पुग्न नसकेको खण्डमा सन्दीप चाँडै नै नेपाल फर्कन सक्नेछन् ।
सन्दीपका सुभचिन्तकहरू भने उनीमाथि जाहेरी दर्ता भएपछि सकेसम्म चाँडो नेपाल फर्कनु र प्रहरीलाई अनुसन्धानमा सघाउनु नै उचित हुने सुझाव दिएका छन् । तर अन्तर्राष्ट्रिय लिग खेल्न वेस्टइन्डिज पुगेका लामिछानेले खेल बीचमै छोडेर आउन सिपिएलको नियमले दिन्छ वा दिँदैन त्यो भने बुझ्न बाँकी छ ।
सन्दीप प्रकरणमा केटिएम दैनिकमा प्रकाशित समाचारहरू
- ब्रेकिङ: बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी
- पीडित बालिकाको यसरी भएको थियो सन्दीपसँग भेट
- नगरकोट रिसोर्ट भन्छ : ८:३० मा इन्ट्री, ११ बजे चेक आउट, बिल फोनपे मार्फत
- क्यान प्रवक्ता भन्छन् : खेल नभएकाले सन्दीपलाई निलम्बन गर्नु र नगर्नुले अर्थ राख्दैन्
- सन्दीप प्रकरण: क्यानको व्यवस्थापन माथि उठ्यो प्रश्नचिह्न
- लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
- सन्दीप राष्ट्रिय टिमबाट निलम्बनमा परे
- फाइन्ड, फ* एण्ड फर्गेट (थ्री एफ) को चङ्गुलमा पर्दै किशोरीहरू
- सन्दीपविरुद्ध बोल्न थाले अन्य किशोरी