काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठक दिउँसो ३ः३० बजे सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबारकाे बैठकमा मुख्यसचिव नियुक्तिबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।