काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संविधान संशोधन बहस पत्र तयार पार्न गठन गरेको समितिप्रति प्रश्न उठाएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको नाममा अपरिपक्क काम गरिरहेको बताएका हुन् ।
‘संविधानको मूल मर्मलाई नचलाई गरौँ । केके गर्नुपर्छ गरौँ । अहिले जसरी संविधान संशोधनलाई हल्का रुपमा लिएर सरकारले संवैधानिक कानुनका ज्ञान नभएकालाई संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहसपत्र जसरी गर्दैछ यो अपरिपक्क काम भइरहेको छ भन्ने हाम्रो ठहर हो,’ उनले भने, ‘आफ्नो आसेपासे रहनुबाहेक संविधानमा कुनै योगदान नरहेकोलाई संयोजक बनाइयो । हाम्रो संविधानले चिनेको बहालवाला प्रधानन्यायीश वा अरु कोहीको संयोजकत्वमा हुनुपर्नेमा त्यसो भएन । यसमा कांग्रेसको फरक मत छ, रहन्छ ।’
उनले प्रदेशलाई बलियो बनाउने भन्दै भोट माग्ने रास्वपाले चितवन महाधिवेशनमा पुगेर कसरी प्रदेशसभा नै खारेज गर्ने निष्कर्षमा पुग्यो भनेर प्रश्न उठाए ।