काठमाडौं, २९ श्रावण । नेपाल क्रिकेटको टोली दुई साताको तालिमका लागि भारतको राष्ट्रिय क्रिकेट प्रतिष्ठान (एनसिए) ब्याङ्लौर जाने भएको छ ।
नेपाल क्रिकेट सङ्घ(क्यान)ले नेपाली क्रिकेट टिमलाई सहजीकरण गर्ने तदारुकता लिएकोमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ) का सचिवसहित सम्पूर्ण एनबिआएप्रति आभार व्यक्त गरेको छ ।
भविष्यमा क्रिकेट भ्रमणहरू खोज्न र नेपाललाई क्रिकेट राष्ट्रका रुपमा विकास गर्ने अवसर खोजीका लागि यो साझेदारीले सबल रहने क्यानले जनाएको छ ।