काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका सिम्रन खड्कासँग थाइल्यान्डमा आयोजित एक समारोहबीच विवाह गरेका हुन् ।
रोहितको विवाह समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको पनि उपस्थिति रहेको थियो । विवाहमा सहभागी हुन कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायतका खेलाडी थाइल्यान्ड पुगेका थिए ।
यसअघि नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसीले पनि नेपालबाहिर विवाह गरेका थिए । उनले भारतको चण्डीगढमा प्रेमिका वर्षा बस्नेतसँग लगनगाँठो कसेका थिए ।