तानसेन । पाल्पामा १० वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बुधबार (चैत २२ गते) राती ११:०० बजेको समयमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तानसेन नगरपालिका-११ गाबुडाडा बस्ने बर्ष ३७ को लिला बहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितका आफन्तले आइतबार (हिजो) प्रहरीमा लिखित जाहेरी दिएसँगै बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए ।