
तानसेन । पाल्पाको तिनाउ गाउँपालिका-२ घोडेबासमा तीजको नाचगान कार्यक्रममा झैझगडा पश्चात भएको कुटपिटमा एक युवकको निधन भएको छ ।
आइतबार राती साढे १० बजे सामान्य झै-झगडापश्चात राती १२ बजेतिर एक समूहले स्थानीय २४ वर्षीय सुनिल खत्रीमाथि निर्घात कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भिर घाइते भएका खत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा बुटबलमा राती नै निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए ।
उक्त घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय तिलक पुनसमेत चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।