
दाङ । आर्थिक लेनदेनको विषयलाई लिएर घोराही उपमहानगर-१० मा एक महिलाले मोटरसाइकलमा आगो लगाइदिएकी छन् ।
घोराही उपमहानगर-१८ पुष्पाञ्जली टोल बस्ने बिराज चौधरीको रा.२ प १५९३ नम्बरको मोटरसाइकलमा आगजानी गरिएको हो ।
लेनदेनको विषयलाई लिएर सौडिकुला बस्ने ३२ वर्षीया मिना चौधरीलाई बुधबार दिउँसो मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले बताए ।
वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।
आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको बताइएको छ ।
आगजनीश्चात प्रहरी नियन्त्रणमा रहेकी महिलाउपर अनुसन्धान जारी रहेको डिएसपी मल्लले जानकारी दिए ।