जन्मदिन मनाउने भनेर होटलमा बोलाएर तीन बालिकामाथि करणी गरेको अभियोगमा तीन व्यक्ति पक्राउ परेका छन् ।
१५ वर्षका दुई र १६ वर्षकी एक नाबालिगलाई मंसिर २३ गते जन्मदिन मनाउने भन्दै होटलमा बोलाएर करणी गरेको अभियोगमा बागलुङ प्रहरीले आइतबार तीन युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गलकोट नगरपालिकापा-९ घर भई पोखरा महानगरपालिका-८ सृजना चोक बस्ने वर्ष २५ को अशोक दर्लामी मगर, धादिङ स्थायी घर भई पोखरा महानगरपालिका-८ बस्ने वर्ष १९ को सन्दिप तामाङ र जिल्ला गुल्मी अर्मेनी घर भई पोखरा महानगरपालिका-१७ बस्ने वर्ष १९ को राहुल थापा रहेका छन् ।
१५ वर्षीया नाबालिगलाई मगरले पर्वत होटलमा लगेर जबरजस्तीकरणी गरेको, अर्की नाबालिकालाई तामाङले समिट होटलमा र १६ वर्षीया नाबालिकलाई सोही होटलमा थापाले जबरजस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी डिएसपी गंगा बहादुर थापाले केटिएम दैनिकलाई बताए ।
आइतबार नियन्त्रणमा लिइएका तीन अभियुक्तलाई जिल्ला अदालत बागलुङबाट जबरजस्ति करणी मुद्दा शिर्षकमा सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको डिएसपी थापाले बताए ।