
बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । बुधवार मध्यान्ह उनको निधन भएको हो । मलाई लिन आमा आउनु भयो भनेर प्राण त्यागेको अन्तराष्ट्रिय संचारमाध्यमले बताउका छन् ।
बम्बइ टाइम्सले ट्वीटरमा लेखेको छ ,” “Amma has come to take me.” These were #IrrfanKhan ‘s last words before dying!” यो नै उनको अन्तिम शव्द रहेको बताइएको छ ।
५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।
बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।
गएको वर्ष सन् २०१९ मा इरफान खान लण्डनमा उपचार गराएर फर्किएपछि कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा रहेका थिए ।
र यो पनि पढ्नुहोस् : चार दिनअघि आमा बितिन्, आज इरफान
फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो । जब इरफान खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो । शनिबार मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो ।
लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् । उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ ।
दुई वर्षअघि सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए । उनी आफैले यो खबर शेयर गरेका थिए ।
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।
हाम्रो तर्फबाट पनि इरफान खानलाई हार्दिक श्रद्धान्जली ।