
काठमाडौं । शनिबार बिहानै प्यालेस्टइनको आतंककारी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका नौँ जना नेपाली घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै घाइतेको तथ्यांक पुष्टि गरे पनि उनीहरुको विवरण भने खुलाएको छैन।
मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले युद्ध चलिरहेको क्षेत्रका नेपालीलाई सुरक्षित स्थानमा रहन र अप्ठ्यारोमा परेकाहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ।
शनिबार बिहान हमासले गरेको रकेट आक्रमणमा अहिलेसम्म ४० इजरायलीको मृत्यु भएको बताइएको छ। उक्त आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धको घोषणा गरेका छन्।
