
बलिउड अभिनेता इरफान खानले मृत्यु अघि ट्वीटरमा दिएका सन्देशले सबैलाई जिउने प्रेरणा दिन्छ ।
दुई वर्षअघि देखि बिरामी भएका सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए । उनी आफैले यो खबर शेयर गरेका थिए ।
उनले ट्विट गरेका थिए, ‘जिन्दगी अचानक केही यस्तो हुन्छ, जसले तपाईँलाई अघि लिएर जान्छ । मेरो जिन्दगीमा पछिल्लो कही दिन यस्तै भइरहेको छ । मलाई न्युरोएन्डोक्राइन ट्युमर नामक बिमारी भएको छ । मेरा नजिकका आफन्तको माया र साहसले मलाई आश जगाएको छ ।’
बिमारीको बारेमा थाहा पाएपछि इरफान उपचारको लागि लण्डन गएका थिए । त्यहाँ झण्डै एक वर्ष रहे र २०१९ मार्चमा भारत फर्किएका थिए । उनले ट्वीट मार्फत सबैलाई बाच्ने प्रेरणा दिईरहन्थे । उनी अभिनयका साथसाथै प्रेरणाको स्रोत भएको भारतीय मिडियाले बताएको छ । केहि समय अगाडी रिलिज भएको अंग्रेजी मिडियममा छोरीको भुमिका निभाएकी राधिका मदानले उनले आफ्नो बिराम कहिले नदेखाएको र आफुलाई सधै प्रेरणा दिईरहेको बताएकी छिन् । उनका केटि ट्वीटबाट पनि त्यो कुरा पृष्टि गर्न सकिन्छ ।
— Irrfan (@irrfank) March 5, 2018
— Irrfan (@irrfank) March 16, 2018
— Irrfan (@irrfank) April 3, 2019
गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।
खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।
कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।
As we embark on the journey to release #AngreziMedium, here’s a small note for you allhttps://t.co/Sr0Pp1x3dv #AngreziMedium trailer out tomorrow!
— Irrfan (@irrfank) February 12, 2020