
लकडाउन शुरु भए देखि नै बलिउडमा कलाकारको निधन हुने क्रम रोकिएको छैन ।
ऋषि कपुर, इरफान खान देखि लिएर वाजिद सम्म आइपुग्दा १८ बढी कलाकारको मृत्यु भइसकेको छ ।
ऋषि तथा इरफानको क्यान्सरको कारणले निधन भयो भने वाजिद र अनिल सुरीको कोरोनाले ज्यान लियो ।
केहिले लकडाउनको कारण डिप्रेसनमा परेर सुसाईड गर्न बाध्य भए भने कतिलाई हृदयघातले लग्यो ।
अहिले बलिउड लकडाउनको मार र शोकमा डुबेको छ ।
बलिउड कलाकार चिरञ्जिवी सार्जाको निधनले बलिउड शोकमा डुबेको छ ।
उनी कन्नडा फिल्म उद्योगमा सफल कलाकार हुन् ।
उनले ३९ वर्षकै उमेरमा ज्यान गुमाएका छन् ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका समाचारको अनुसार हिजो (शनिबार) उनले छाती दुख्यो भनेर भनेका थिए, उनलाई तत्कालै बेङगलरुको जयनगरमा रहेको सागर अस्पतालमा भर्ना गरिएको थियो ।

तर डाक्टरले उनलाई बचाउन नसकेको दुखद् खबर दिए ।
बिश्व नै कोरोना भाइरसबाट ग्रसित भएको हुनाले डाक्टरले उनको स्वाव संकलन गरेर परीक्षण गर्न पठाएको बताएका छन् तर परिक्षणको नतिजा भने आइसकेको छैन ।
उनी बलिउडमा चिरुको नामले प्रख्यात थिए ।
उनले २२ वटा भन्दा बढी फिल्ममा अभिनय गरिसका छन् ।
उनले कन्नडा फिल्महरु अध्या, खाकीँ, सिङगा, अम्मा, आइलभ यु, प्रेमा बरहा, वायुपुत्र लगायतका फिल्ममा अभिनय गरेका थिए ।
उनको अन्तिम फिल्म भने शिवर्जुन रहेको बताइएको छ ।