आज साढे १२ बजेतिर आएको एउटा खबरले बलिउड मात्र हैन विश्वलाई नै दुखित तुल्यायो । २ वर्ष अघि देखि बिरामी भएका बलिउड अभिनेता इरफान खानले संसार छाडेको कुरा ।
बलिउड अभिनेता इरफान खानले जीवनमा धेरै सिनेमा खेले। उनका जीवनका अन्तिम दिन सिनेमाका घटनाजस्तै बने।
५४ वर्षको उमेरमा बुधबार बिहान संसार छोडेका इरफान खानले ४ दिनअघिमात्रै आफ्नै आमा गुमाएका थिए।
उनकी ९५ वर्षीय आमाको शनिबार निधन भएको थियो। राजस्थानको जयपुर सहरमा आमाले अन्तिम सास फेर्दा इरफान मुम्बईमा थिए। उनी आमाको अन्तिम संस्कारमा आउन पाएनन्। कोरोनाभाइरसको संक्रमण रोक्न भारतभर लकडाउन भएकाले सयौं किलोमिटर टाढा जान उनी सकेनन्।
र यो पनि पढ्नुहोस् : रहेनन् बलिउड अभिनेता इरफान खान
आमा गुमाएको मंगलबार इरफान आफैं अस्पताल भर्ना भए। बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।
गत शनिबार उनकी आमाको निधन भएको थियो।
र यो पनि पढ्नुहोस् : रोग सँग लड्दै इरफानले दिएको त्यो सन्देश ! जस्ले जिवन जिउने प्रेरणा मिल्नेछ
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।