नयाँ दिल्ली – बलिउडका चर्चित अभिनेता इरफान खानको गत बुधबार मुम्बईको एक अस्पतालमा अन्तिम सास फेरे। अल्पायुमै निधन भएका अभिनेता खान विगत २ वर्षदेखी एउटा दुर्लभ किसिम क्यान्सरसँग जुध्दै आएका थिए।
५३ वर्षको उमेरमानै ज्यान गुमाएका इरफानका श्रीमती सुतापा र दुई छोरा बाबेल र अयान छन्। ७ महिना अघि रिलिज भएको ‘अंग्रेजी मिडियम’नै इरफानको अन्तिम फिल्म बन्यो। बलिउड बाहेक उनले ‘जुरासिक वर्ल्ड’ र ‘लाइफ अफ पाइ’ जस्ता अन्तर्राष्ट्रिय चलचित्रहरूमा पनि उत्कृष्ट अभिनय गरेका थिए।
इरफानले परिवारका लागि धेरै सम्पत्ति छाडेर बिदा भएको मिडिया रिपोर्टमा चर्चा हुन थालेको छ। भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता खान ३२० करोड (भारतीय रुपैंया) सम्पत्तिका मालिका थिए। उनले एक फिल्मबाटै १५ करोड सम्म लिने गरेको बताइन्छ।
यसका अलावा खानले विज्ञापनबाट मोटो रकम पाउने गरेका थिए। रिपोर्टका अनुसार खानले एडमा खेले वापत ५ करोड लिने गरेका थिए। अभिनेता खानको मुम्बईमा घर छ भने जुहुमा पनि एक फ्ल्याट रहेको छ। उनले फिल्ममा शुल्क सँगै नाफाको सेयर समेत लिने गर्थे।
र यो पनि पढ्नुहोस् :
इरफान खान यस्ता अभिनेता थिए जसले बलिउड सँगै हलिउडमा समेत आफ्नो शानदार अभिनयको छाप छोड्न सफल भए। सन् २०१८ मा इरफान न्यूरोएन्डोक्राइन ट्युमरबाट पीडित बनेका थिए। रोग लागेको थाहा भएपछि उपचारका लागि उनी लण्डन गए। रोगका कारण उनी केही समय बलिउडबाट टाढिए। लगभग एक वर्षपछि भारत फर्केका उनले ‘अंग्रेजी मिडियम’ फिल्ममा खेलेका थिए। करोडौँ मानिसको हृदयमा बसेका उनलाई मुम्बईको वर्सेवामा रहेको क्रबिस्तानमा बुधबारनै अन्तिम बिदाइ गरियो । जहाँ २० जना मात्र आफन्त उपस्थित थिए।