
काठमाडौँ । स्कटल्याण्डले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ ।
जारी त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको हो ।
स्कटल्याण्डका लागि जर्ज मुनसीले सर्बाधिक ७८ रन बनाएका थिए भने ब्राण्डन म्याकुलनले ४२ रन बनाएका थिए । त्यस्तै माइकल लिस्कले अविजित २६ रन बनाए भने म्याथ्यु क्रसले १७ रन बनाएका थिए ।
त्यसैगरी नेपाल इब्ल्र कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजबंशी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।