काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारी तथा व्यवस्थापनका विषयमा निर्वाचन आयोगले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ ।
शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
त्यस्तै, रास्वपाका प्रवक्ता जगदीश खरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसमेत छलफलमा सहभागी भएका छन् ।
आयोगले स्थानीय तह निर्वाचनको तयारी, व्यवस्थापन तथा निर्वाचन प्रक्रियालाई थप प्रभावकारी बनाउने विषयमा राजनीतिक दलहरूको सुझाव र धारणा लिन छलफल आयोजना गरेको जनाएको छ ।