काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमणलाई औपचारिक रूपमा स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने।’
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ र ७ गते दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन्।